आईपीएलका १३ औँ सीजनको फाइनल डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच भोली दुबईमा हुँदैछ । रोशित शर्माको कप्तानीमा रहेको मुम्बईलाई अफ्नो परफेक्ट ११ ले पाचौँ पटक उपाधि जित्ने मौका रहेको छ ।
त्यस्तै श्रेयस अय्यरको कप्तानीम रहेको दिल्लीको नजर आफ्नो पहिलो उपाधि रहेको छ । टीमका ओपनर शिखर धवनले लगातार शतक लगाएका छन् ।
उनी लगातार आईपीएलमा दुई शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । त्यस्तै दिल्लीले लीगमा राम्रो बलिङ गरिरहेको छ ।
टीमलाई जिताउनको लागि दिल्लीको पहिलो हतियार भनेकै बलिङ हुनेछ । त्यस्तै मुम्बईमा ११ जना मध्ये ८ जनासम्म ब्याट्सम्यानले कुनै पनि बेला खेललाई परिवर्तन गरिदिन सक्छन् ।
फर्ममा रहेका रोहित शर्मा, क्विन्टन डिकक र सूर्यकुमार यादव जस्ता ब्याट्सम्यान टीममा छन् । अलराउण्डरमा हार्दिक र क्रुणाल पाण्डे रहेका छन् । उनी बाहेक कीरोन पोलार्ड र नाथन कुल्टर नाइल रहेका छन् ।
त्यस्तै दिल्लीको ब्याटिङको जिम्मेवारी शिखर धवन र कप्तान श्रेयस अय्यरको काँधमा छ । धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् ।
उनले चेन्नई र पञ्जावविरुद्ध लगातार दुई शतक (१०१, १०६) नट आउट प्रहार गरेका थिए । दुबै खेलाडीले मुम्बईका तीव्र गतिका बलरहरुको भने सामना गनुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया