काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगि छताछुल्ल भएका बेला नेकपाका अध्यक्ष समेत रहेका ओलीले ६ सदस्यीय कार्यदलसँग छलफल गर्न बालुवाटार बोलाएका थिए ।
पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित टोली बालुवाटार पुगि छलफल शुरु गरेको स्रोतले जनाएको छ । साथै टोलीका अन्य सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल बालुटावार पुगेका हुन् ।
नेकपाका अध्यक्षद्यबीचको टकरावका कारण पार्टी फुटको संघारमा पुगेको छ । नेताहरुले पार्टी विभाजनलाई रोक्न विभिन्न कोणबाट छलफल गरेपनि निष्कर्ष भने निस्किन सकेको छैन् । मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरु नियुक्ती, कर्णाली प्रदेश मुख्यमन्त्री विवाद साथै ओलीको रअका प्रमुख सामन्त गोयलसँगको भेटघाट लगायतका विषयले पार्टीभित्र थप असहजता पैदा गरेको छ ।
पार्टी भित्रको आन्तरिक समाधानतिर लाग्नुभन्दा नेताहरु गुटगट भेलामा व्यस्त देखिएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रवार आफू निकटका सचिवालय सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठक बसेका थिए । भने उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले शनिवार आफू निकटका नेताहरुसँग भेटघाट गरेका थिए । त्यस्तै अध्यक्ष ओलीले आइतवार पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुसँग भेटघाट गरी पार्टी भित्रको विवाद समाधानको लागि सहयोग माग गरेका थिए ।
पार्टी विवादको लामो श्रृङ्खलापछि समाधान खोज्न गत भदौ ३० गते ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
यो पनि
नेकपा विवाद : ओलीले बालुवाटार बोलाए विवाद समाधानका लागि गठित कार्यदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया