जिम्बाबेका पूर्व कप्तान एल्टन चिगुम्बुराले गरे सन्यास लिने घोषणा

काठमाडौं । जिम्बाबेका पूर्व कप्तान एल्टन चिगुम्बुराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

पाकिस्तानविरुद्ध १० नोभेम्बरमा रावलपिण्डीमा टी २० म्याच खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यस लिने घोषणा गरेका हुन् ।

जिम्बाबेको टीम अहिले पाकिस्तान भ्रमणमा छ । उनले २००४ मा इन्टरनेशनल क्रिकेटबाट डेब्यू गरेका थिए ।

उनले १६ वर्षको क्रिकेट करियरमा २१५ वान डे म्याच खेलेका छन् । उनले २५.२३ औसतमा ४ हजार ३४० रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?