हैदराबादलाई १७ रनले हराउँदै दिल्लीले रच्यो इतिहास

काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेको छ । यसका साथै दिल्ली पहिलो पटक लीगको फाइनलमा पुगेको छ ।

अब १० नोभेम्बरमा साबिक विजेता मुम्बई इण्डियन्ससँग् भिड्नेछ । टस जितेर ब्याटिङ गरेको दिल्लीले १९० रनको टार्गेट दिएको थियो ।

जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो । केन विलियम्सले ६७ र अब्दुल समदले ३३ रन बनाए ।

दिल्लीका कागिसो राबाडाले ४, मार्कस स्टोइनिसले ३ र अक्षर पटेलले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?