युभेन्टस र लाजियो भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले आज लाजियोसँग भिड्दै छ । युभेन्टसले बलियो टिम लाजियोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे शुरु हुनेछ ।

Juventus vs. Lazio live stream: How to watch all the Serie A action online  from anywhere | Android Central

घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्टस सहज जितको खोजीमा हुनेछ । युभेन्टस सिजनको चौंथो जित निकाल्ने योजनामा हुनेछ । युभेन्टस ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लाजियो १० अंक जोडेर नवौं स्थानमा रहेको छ । लाजियो घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?