प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिँदै भने–‘निकट रहेर काम गर्न तयार छौँ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् ।

आज (आइतबार) बिहानै एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक जितका लागि राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नवनिर्वाचित अमेरिकी नेतृत्वसँग आफू निकट भएर काम गर्न चाहेको पनि उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस् :

अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनको जीवनका यी किस्सा : अस्पतालमा लिएका थिए पहिलो सपथ ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?