अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनको जीवनका यी किस्सा : अस्पतालमा लिएका थिए पहिलो सपथ !

काठमाडौं – डेमाक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। मंगलवार सम्पन्न भएको मत गणनाको नतिजा पछि अमेरिकामा ४६औँ राष्ट्रपतिका रुपमा जो बाइडेन निर्वाचित भएसँगै अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए । उनै बाईडेनको जीवनको रोचक किस्साहरु यहाँ प्रस्तुत गरिएको छ ।
५ दशक लामो रानीतिक यात्रा

जो बाइडेन अर्थात् जोसेफ रोबिनेट बाइडेन जुनियरको जन्म सन् १९४२ मा पेन्सिल्भेनिया राज्यको स्क्रेटनमा भएको हो।  रोबट शैलीमा निकै योजनाबद्ध र स्क्रिप्टेड भाषणहरुलाई विचार पुर्‍याएर र तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्।

विशेषत आफ्ना भाषणमा उनी कामदार तथा मजदुर वर्गलाई सम्बोधन गर्न छुटाउँदैनन् ।

७७ वर्षका जो बाइडेन करिव ५० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय छन् ।

आफ्नो भाषणपछि ‘पब्लिकहरु’सँग उनी अंकमाल गर्ने, हात मिलाउँछन् । फोटो खिचाउँने गर्छन् । धन्यवाद् दिन्छन्। त्यो सबै वास्तविक हुन्छ। उनी कृत्रिम कुरामा विश्वास गर्दैनन् र ‘फलो’ पनि गर्दैनन् ।

Young Joe Biden and His Non-Radical 1960s - The New York Times

उनले वकीलबाट आफ्नो करियरको शुरुवात गरेका थिए । त्यसपछि मात्र उनी राजनीतिमा लागे । १९७२ मा उनी पहिलोपटक चुनावी राजनीतिमा आए र डेलाभेयरको न्यू काउन्टीबाट चुनिए । उनले त्यहाँ एक दस लेनको हाईवेका लागि लडे ।

Biden's First Run for President Was a Calamity. Some Missteps Still Resonate. - The New York Times

१९७२ मा नै बाइडेनले अमेरिकी सिनेटको लागि उम्मेद्वारीको घोषणा गरे । उनी डेलाभेयरबाट १९७३ मा सीनेटर चुनिए । उनले लगातार त्याँबाट २००९ सम्म सीनेटरमा रहे । त्यहि वर्ष उनी बराक ओबामाको प्रशासनमा उपराष्ट्रपति बनेका थिए । जसका कारण सीनेटरको पद छोडे ।

बाइडेनले अहिलेसम्म अमेरिकाको राष्ट्रपति पदका लागि ३ पटक उम्मेद्वार दिएका छन् । उनले सबैभन्दा पहिला १९८७ मा राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्, ‘उनी साहित्यिक चोरीको आरोपमा पछि हट्नु परेको थियो।’

त्यसपछि २०१६ को चुनावमा पनि उनको क्याम्पियन चलेको थियो । तर २०१५ मा उनका छोराको निधन भएकोले चुनाव नलड्ने भएका थिए ।

त्यसपछि हाल २०२० मा तेश्रो पटक राष्ट्रपतिको उम्मेद्वारी दिएका उनले जित हासिल गरिसकेका छन् ।

उनले आफ्नो शुरुवात काउन्टीबाट गरेका थिए । त्यसपछि सिनेटर, उपराष्ट्रपति र अब राष्ट्रपति बन्नतर्फ अग्रसर छन् । तर उनको जीवनमा केहि समस्या आए । जसका कारण २० नोभेम्बर १९४२ मा जन्मिएका बाइडेनका कम उमेरमै पेन्सिलभेनियाको डेलावेयरमा सिफ्ट हुनुपर्‍यो। किनभने उनको परिवारको आर्थिक स्थिती ठीक थिएन ।

बाइडेनले १९६६ मा नीला हन्टरसँग विवाह गरेका थिए । चर ६ वर्ष पछि १९७२ मा एक दुर्घटनामा उनकी श्रीमती नीलिया र उनकी एक वर्षीया  छोरी नाओमीको निधन भयो । दुर्घटनामा उनका दुई छोरा  हन्टर र ब्यू समेत गम्भीर घाईते भएका थिए । जसका कारण उनले पहिलो शपथ पनि अस्पतालमै लिएका थिए ।

त्यसपछि २०१५ मा बाइडेनका छोरा बिउ बाइडेनको क्यान्सरका कारण निधन भयो ।

उनलाई उनका समर्थक र विरोधीहरु आमट्रयाक बाइडेन भनेर बोलाउँथे । कारण थियो – १९७३ मा उनको सीनेटर चुनिएका बेला दुर्घटना भएको थियो, जसमा उनकी श्रीमती र छोरीको ज्यान गएको थियो ।

जब उनी एमट्रयाक नामको ट्रेनबाट आफ्नो घरदेखि अफिसको यात्रा गर्थे, दिनमा अफिस र राती घर जान्थे । किनभने उनी आफ्ना छोराहरुसँग बस्न सकियोस् । उनले करिव ३५ वर्षसम्म यस्तै गरे ।

सन् २००८ मा बाइडेनले डेमोक्रेट्सको तर्फबाट राष्ट्रपतिमा चुनाव लड्ने प्रयास गरे । तर पछि उनले बराक ओबामालाई समर्थन गरे ।

त्यसपछि उनी ओबामाको कार्यकालमा ‘भाइस प्रसिडेन्ट’ बने । करिव ८ वर्षसम्म उनी उपराष्ट्रपतिमा रहे ।उनले त्यो बेला ५० भन्दा धेरै देशको भ्रमण गरे । उनलाई बराक ओबामाले ब्रदर भास प्रेसिडेन्टको उपाधि दिएका थिए । २०२० को राष्ट्रपति चुनावमा बाइडेनको जीतका लागि ओबामा पनि अधिक प्रयासरत देखिएका थिए।

Joe Biden 2020: What a Democratic Presidential win would mean for America

२००८ देखि २००९ सम्म जब अमेरिकामा मन्दी आयो तब ओबामाले एक कमिटी गठन गरेर बाइडेनलाई त्यसको जिम्मेवारी दिए । त्यो बेला बाइडेनले अमेरिकालाई मन्दीबाट उतारेका थिए । उनले परमाणु ‘डील’ गरेका थिए ।

उनको युद्धविरोधी अडानको समर्थन गर्ने बानी डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाउनुले यहि पुष्टि गर्छ । तर सो अप्रशनमामा बिन लादेन मारिएका थिए। कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी विभिनन पाटोहरु बाइडेनको निम्ति आगामी दिनका लागि चुनौतिपूर्ण हुनसक्ने अनुमान भइरहेको छ ।

बाइडेनको प्राथमिकता
बाइडेनका तीनवटा मुख्य प्राथमिकता रहेका छन् : 
-स्वास्थ्य सुरक्षासँग सम्बन्धित ढाँचाको विस्तार गर्नु
-शिक्षामा अधिक लगानी गर्नु
-सहयोगी देशका सम्बन्धलाई नयाँ दिशा दिनु

बिबिसीले एक रिपोर्टमा लेखेको छ – ‘उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्।’

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?