काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र एभर्टन भिड्दै छन् । युनाईटेडले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ६:१५ बजे शुरु हुनेछ ।
युनाईटेड तेस्रो जितको खोजीमा हुनेछ । यस सिजन युनाईटेडले ६ खेलमा ७ अंक जोडेको छ । युनाईटेड तालिकाको १५ औं स्थानमा रहेको छ ।
घरेलु टिम एभर्टन भने पाँचौं जित निकाल्ने लक्ष्यमा हुनेछ । एभर्टन ७ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया