न्यूड पोज दिएको भन्दै बलिउड अभिनेता मिलिन्द सोमन विरुद्ध मुद्दा दर्ता

काठमाडौं । बलिउड अभिनेता तथा फिटनेश प्रमोटर मिलिन्द सोमन विरुद्ध पनि मुद्दा दर्ता भएको छ । गोवामा न्यूड पोज दिएर सन्ननी मच्चाएको आरोप उनी माथी लागेको छ । उनले आफ्नो ५५औ जन्मदिनमा न्यूड भएर दौडिएको एक तस्वीर शेयर गरेका थिए । मानिसहरुले उनको उक्त तस्वीर मा आपती जनाएका छन् ।

सोशल मिडियामा न्यूड तस्वीर शेयर गरेको आरोपमा उनी विरुद्ध आइपीसीको धारा २९४ र धारा ६७ को माध्यमबाट केस दर्ता गरिएको छ । यस अगाडि गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनन पाण्डे पक्राउ परेकी थिइन् । उनलाई सरकारी सम्पतिमा अश्लिल भिडियो सुट गरेका आरोप लागेको थियो ।

गोवा फारवर्ड पार्टीकी महिला विन्ग ने पाण्डेको विरुद्ध उजुरी गरेकी थिइन् । उजुरी पछि पक्राउ परेका पुनम र उनको श्रीमानलाई शुक्रवार जमानत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?