इलेक्टोरल भोटमा पछाडी परेका ट्रम्पले भने ‘थ्यांक्यू’

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावका लागि भोटिङ भईरहेको छ । शुरुवाती गणनामा ट्रम्पभन्दा बाइडेन ९१ इलेक्टोरल भोटले अगाडि छन् ।

हालसम्म बाइडेनको पक्षमा २०९ इलेक्टोरल भोट रहेको छ भने ट्रम्पको पक्षमा ११८ इलेक्टोरल भोट रहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, हामी सारा देशमा राम्रो स्थितीमा छौँ धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?