लहान । अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो ।
बाहिरबाट होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलबाट होटल सञ्चालक साह तथा दुई महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
होटलमा ग्राहक आएपछि होटल सञ्चालक साहले यौनकर्मीलाई फोन सम्पर्क गरी बोलाएर ग्राहकसँग अवैध यौनजन्य कार्य गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राईले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया