सिमकोट । गत असोज २० गतेदेखि अवरुद्ध टेलीफोन सेवा पुनः सञ्चालनमा आएको छ । हुम्लाको अदानचुली गाउँपालिकाका बासिन्दाले पुनः टेलीफोन सेवा प्रयोग गर्न पाएका हुन् । टावरमा खराबी नभएकाले केन्द्रीय कार्यालय काठमाडौंबाट अबरुद्ध सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।
शुक्रवारदेखि सामान्य रुपमा सञ्चालन आएको टेलिफोन सेवा अझै पनि पूर्ण रुपमा सञ्चालनमा आई सकेको छैन । पूर्णरुपमा सेवा सञ्चालनका लागि अझै केही दिन लाग्ने नेपाल टेलिकमका प्राविधिक अधिकृत राम खातीले जानकारी दिए । टेलिफोन सेवा अबरुद्ध हुँदा त्यहाँका स्थानीयले जिल्ला बाहिर र अन्तरपालिकामा रहेका आफन्तसँग सम्पर्क गर्न पाएका थिएनन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया