काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४९ औँ म्याच सकिएको छ । ४९ औँ म्याचपछि मुम्बई प्लेअफमा पुग्ने पहिलो टीम बनेको छ ।
टुर्नामेण्टमा हारबाट आफ्नो यात्रा शुरु ग्रेको मुम्बई १६ अंकको साथ अंकतालिकाको शीर्ष स्थानमा छ । १२ म्याचमा मुम्बईले ८ मा जीत र ४ मा हार व्यहोरेको छ ।
चेन्नई पहिल्यै प्लेअफबाट बाहिरिएको छ । प्लेअफको दौडमा रोयल च्यालेन्जर्स ब्यांग्लोर, किंग्स् इलेभन पञ्जाव, दिल्ली क्यापिटल्स, कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद रहेका छन् । ब्यांग्लोरले १२ मा ७ मा जीत निकालेको छ ।
१४ अंकसहित ब्यांग्लोर अंकतालिकाको दोश्रो नम्बरमा छ । त्यस्तै दिल्ली क्यापिटल्स १४ अंकसहित तेश्रो स्थानमा छ ।
दिल्लीले १२ म्याचमा ७ मा जीत र ५ मा हार व्यहोरेको छ । त्यस्तै किंग्स इलेभन पञ्जाव १२ अंकसहित चौथो स्थानमा छ ।
पञ्जाव लगातार पाँच हार पछि लगातार पाँच म्याच जितेर चौथो स्थानमा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया