के अभिनेत्री रिया चक्रवर्ती बिगबोस १४ मा इन्ट्री गर्दैछिन् ?

काठमाडौं । सलमान खानको चर्चित कन्ट्रोभर्सियल रियालिटी शो बिग बोसको १४ औँ सीजन शुरुवात भईसकेको छ ।

यसै सीजनमा ड्रग्स केसमा मुछिएकी अभिनेत्री रिया चक्रवर्तीलाई शोमा हेर्न धेरैले खोजेका छन् । भारतीय सञ्चामाध्यमका अनुसार शोको कम टिआरपीलाई मध्यनजर गर्दै बिग बोसले रियालाई शोमा बोलाएको छ । तर रियाको तर्फबाट भने केहि पनि उत्तर आएको छैन । उनको आर्थिक स्थिती अहिले कमजोर भएकोले उनलाई यस माध्यमबाट राम्रो होस् भन्ने दर्शकको चाहाना छ ।

उनी सुशान्तको मृत्यु पछि खालीहात भएकी छन् । जसका कारण उनका फ्यानहरु उनलाई शोमा देख्न चाहान्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?