काठमाडौं। नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टोबर २२ तारिखका दिनलाई कालो दिनको रूपमा मनाएका छन् ।
काठमाडौंको महराजगञ्जस्थित रहेको पकिस्तान दूताबास अगाडी उनीहरूद्वारा निकालिएको र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टोबर २२ तारिखका दिनलाइ कालो दिनको रूपमा मनाएका हुन् ।

सहभागीहरूले पकिस्तान काश्मिर छोड, पाकिस्तानी सेना, हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्द प्रदर्शन गरेका थिए।

भारतीयहरूले आज विश्वभर कालो दिवस मनाउँदै छन् । सोही अनुसार नेपालमा पनि कालो दिवस मनाइएको बुझिएको छ।

अक्टोबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश गरेको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो ।

तरवार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरे र पुरुष, बालबालिकहरूलाई मारे र महिलालाई पनि आफ्नो दास बनाए। उनीहरूलाई पाकिस्तान सरकारको पूर्ण समर्थन थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया