प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले बारामा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला दुधिअवा बस्ने वृजकिशोर कुसवाह नाम गरेका भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

हतियार बोकेर भारतबाट नेपाल प्रवेश गरेका कुसवालाई प्रहरीले चेकजाँच गर्न खोज्दा उनले प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा उनको बायाँ हातमा गोली लागेको छ।

उनको साथबाट प्रहरीले पेस्तोल १ थान , म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको १ राउण्ड गरी ५ राउण्ड गोली बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?