गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण

जलेश्वर । चाडपर्वका बेला बढ्दो भीडभाडबाट हुन सक्ने कोरोना संक्रमणको जोखिमबाट बच्न महोत्तरीको सदरमुकाम जलेश्वरमा आज निःशुल्क गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण गरिएको छ ।

सिरहा जिल्लाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटले आज जलेश्वरमा सर्वसाधारणलाई हजारौ कप गुर्जो चिया खुवाउनाका साथै हात हातमा गुर्जोको बिरुवा र गुर्जोलाई पिसेर बनाएको चूर्णका प्याकेट वितरण गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?