गलकोट । एलआईसी बीमा कम्पनी बागलुङले मृत्युदाबी रकम भुक्तानी गरेको छ । गत साउन ९ गते बागलुङ नगरपालिका—१ स्थित रामरेखा सामुदायिक वनमा खसेको सुख्खा पहिरामा पुरिएर वेपत्ता भएका नेत्रबहादुर पुनको परिवारलाई जीवन बीमा बापत १३ लाख ५२० हस्तान्तरण गरिएको एलआईसी बागलुङ शाखाले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका—५ घर भई बागलुङ नगरपालिका—४ उपल्लाचौर बस्दै आएका पुन पहिरामा परी वेपत्ता भएका थिए ।
पहिरामा वेपत्ता पुनको शव हालसम्म नभेटिएकाले दाबी भुक्तानी गर्न ढिलाई भएको एलआईसीका मार्केटिङ म्यानेजर अर्जुन घिमिरेले जानकारी दिए । घिमिरेले भने, “सरकारी कार्यालयले मृत्यु सरहको राहत रकम उपलब्ध गराई मृत्यु दर्ता समेत गरेपछि हामीले मृत्युदाबी भुक्तानी दिएका हौँ ।” उक्त रकम पुनकी धर्मपत्नी कल्पना थापामगरलाई हस्तान्तरण गरियो । पुनले दुई वर्ष अगाडि मात्रै ६ लाख १० हजारको जीवन आनन्द बीमा पोलिसी खरिद गरेका थिए । उनले दुई वर्षको ९४ हजार २०४ मात्र बीमा बापतको रकम कम्पनीलाई बुझाएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया