बारामा गोली चल्यो

काठमाडौं । बारामा गोली चलेको छ ।

भारतसँग सीमा जोडिएको बंकुर नाकाबाट नेपाल प्रवेश गर्न लागेका भारतीयलाई रोक्न खोज्दा गोली चलेको प्रहरीको भनाइ रहेको छ ।

नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिक बृजकिशोर कुशवाह गोली लागि घाइते भएका छन् ।

नेपाल प्रवेश गर्न लागेका उनलाई सोधपुछ गर्ने क्रममा पुलिसमाथि नै आक्रमण गर्न खोजेका उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?