काठमाडौँ- जनयुद्ध कालमा कुशल शैन्य कमान्डरका रुपमा चर्चित नन्द बहादुर पुन ‘पासाङ’ यति बेला दोश्रो उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भए सँगसगै धार्मिक पुजा-पाठ (ग्रह दशा कटाउने) कार्यमा संलग्न भएको फोटो सामाजिक संजालमा आएपछि एका एक बैचारिक तथा सांस्कृतिक रुपमा बिबादास्पद बन्न पुगेका छन् |
उनको धार्मिक पुजा-पाठ संलग्न भएको फोटो सार्बजनिक भए सग सँगै सामाजिक संजालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन् | हेरौ क-कसले के के प्रतिक्रिया दिए |बलराम तिमिल्सेना ‘विप्लब’ (Balaram Timalsina Biplab)वर्षौं जङ्गल बस्नेले घाँस खाएको छैन भन्यो भने अचम्म हुन्छ ।संसदीय व्यवस्थाको नोकर भएपछि सिध्दियो ।युध्दकालको पासाङको हो र यो ? होइट !
मुक्तन थेवा (Muktan Theba)तिमी यो हदसम्म गिर्छौ र आदर्शच्युत हुन्छौ भन्ने लागेको थिएन । तिम्ले तिमि कुनै समयको एक डेपुटी कमान्डर थियो भन्ने स्विकार्नसम्म असम्भव बनायौ । तिम्ले त्यो महान जनयुद्धको यति तल गिरेर अपमान र उपहास गर्यौ कि इतिहास तिमिलाई माफी दिने छैन । तिम्रो पतन यति लाजमर्दो र घृणायुक्त हुनेछ लागेको पक्कै थिएन ।
खेम आचार्य (Khem Acharya)गाउँ बदलेन बस्ती बदलिएन पीडाहरु झन बल्झिए तर यिनिहरुमा यति छिट्टै बदलाव र पारिबारिक समृद्धि आयो । विचारलाई लगेर टुकुचामा मिसाई सकेपछि विकल्प नै के रह्यो र! यस्ललाई लिएर आश्चर्य मान्नु पर्ने केही छैन ।कुन्नी के ..को पुच्छर काटियो… कुन्नी के .. लाई सजिलो भने जस्तै सर्बोच्च कमाण्डरबाट शुरु भएको अभियान ज.से.का कमान्डरले पच्छ्याएका मात्र हुन । मुल नै धमिलो भए पछि तल सङ्ग्लो पानीको आशमा गाग्री थाप्नु भनेको अर्को भ्रम पाल्नु हो ।नैतिकता र विचारबाट च्युत भइ सकेपछी यिनीहरुबाट न त निकास निस्कन्छ न त विकास । बाच्दै गरे नाच्दै गर्न पाइन्छ भन्छन कुनै दिन टुडिखेलमा जनयुद्ध गलत थियो हामिले गल्ती गर्यौ भनेर प्रायस्चित(पतिका) गर्न अर्का कर्मकाण्डिय कमान्डर बोलाएर कोटिहोम यज्ञ नगर्लान भन्न सकिदैन र त्यति बेला पनि आश्चर्य मान्नु पर्दैन ।मानसिक सन्तुलन गुमाएकाहरु कहिले काहीँ सडकमा नाङ्गै हिडेको पनि देखेका छौ त! चर्को बहसको बिषय बनाउनु भन्दा सडकमा अर्को एकजना बैचारिक र सान्स्कृतिक सन्तुलन गुमाएको ब्यक्ती थपिएछ । अब यसरी बुझ्ने कि!
राज कुमार सिग्देल (Rajkumar Sigdel)परीक्षा कै दिन डाँडागाउँ स्कुलको सँस्कृतको प्रश्नपत्र जलाएको यस्कै लागि थियो ? दशै नमनाउनु, पूजापाठ नगर्नु, धर्म नमान्नु भन्नू यस्कै लागि थियो ? पूर्व डेपुटीकमान्डर उपराष्ट्रपतिले लगाएको सत्यनारायणको पूजा रैछ कि ग्रहशान्ती को या अरु केही बुझ्न सकिएन
मधुसुधन सापकोटा (Madhusudhan Sapkota)नेपाली कमनिष्ट आन्दोलनमा हतियार त उठ्यो ! तर मार्सबाद(बिचार)को खडेरि त!प्रस्टैछताछुल्ल भयो त!।ऐ*******पुजिबादी भ्रष्ट सत्ता पो !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया