भीमेश्वरमा निःशुल्क कोरोना परीक्षण तथा उपचार

चरीकोट । दोलखाको भीमेश्वर नगरपालिकाले नगरवासीको कोरोना परीक्षण र उपचार निशुल्क गर्ने र्निणय गरेको छ ।

नगर कार्यपालिको आजको ५९ औ बैठकले कोरोनाको लक्षण देखा परेका आफ्ना नगरवासीको पिसिआर परीक्षण गराउनाका साथै संक्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको नगरापलिकाका प्रवक्ता हरिवंश चौलागाईले जानकारी दिए ।

नगरपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?