कञ्चनपुर । सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट९बिओपी० स्थापना कार्य सम्पन्न गरिएका छन् ।
पुर्नवास नगरपालिका ११ डोकेबजार, सोही नगरपालिकाको वडा नं ४ आँपताल र वडा नं ६,७,८ को खड्डाकंकडमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।
स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरियास्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले उद्घाटन गरेका हुन् । उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले सीमा क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुविधा नभएपनि सीमा रक्षाका लागि जवानले इमान्दारपूर्वक कार्यक्षेत्रमा काम गरेको जनाए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया