तुलसीपुर । दाङमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेका अवस्थामा मृत्यु भएको हो ।
संक्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
काठमाडौंमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । संत्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया