उपराष्ट्रपति पुनले आज पद तथा गोपनियताको शपथ लिने

काठमाडौं, ५ चैत । उपराष्ट्रपति पदमा निर्वाचित नन्दबहादुर पुनले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमबार अपराह्न ४ बजे पुनले शपथ दिने कार्यक्रम तय भएको छ ।पुनका प्रेस संयोजक मनोज घर्तीले अपराह्न ४ बजे उपराष्ट्रपतिले शपथग्रहण गर्ने समय तय भएको जानकारी दिए ।उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो ।निर्वाचन आयोगले आगामी चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरे पनि पुनविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि आयोगले आइतबार उपराष्ट्रपति पदमा पुन निर्विरोध निर्वाचित भएको घोषाणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?