काठमाडौं – सरकारले ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई अब मासिक २ हजार भत्ता दिने भएको छ ।
सरकारले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले शारीरिक अशक्तता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालू आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।
बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत् वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया