सिम्रिक एयरले पायो कोरोना संक्रमित ओसारपसार गर्न अनुमती

काठमाडौं । सिम्रिक एयरले कोभिड १९ संक्रमितका लागी एयर एम्बुलेन्स संचालन गर्ने अनुमती पाएको छ ।

सिम्रिक एअरलाई सम्पूर्ण स्वास्थय मापदण्ड अपनाएर नेपाल सरकार र उडड्यन प्रधिकरणले कोभिड १९ संक्रमितलाई ओसार पसार गर्न अनुमती दिएको हो ।

सिम्रिक एयरको ५ वटा हेलिकप्टर रहेकोमा २ वटा हेलिकप्टर पूर्ण रुपले कोरोना बिरामी ओसार पसार गर्न लगाएको छ । गत सोमवार सिम्रिक एअरले बुटवलबाट हम्स हस्पिटलसम्म एक कोरोना संक्रमितसँग उडान भरेको थियो ।

कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएकोले नेपाल नागरिक उडड्यन प्रधिकरणले एउर एअर एम्बुलेन्सको आवश्यक्ता रहेको बताउँदै सिम्रिक एअरलाई अनुमती प्रदान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?