राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित

काठमाडौं, ४ चैत । राष्ट्रियसभा उपाध्यक्ष पदको लागिभएको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन् ।आइतबार भएको निर्वाचनमा दाहाल ४५ मतसहित निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी वृन्दादेवी रानाले ११ मत पाएका थिए ।निर्वाचन मत विभाजनका आधारमा भएको थियो ।राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादीकी दाहाल र काँग्रेसकी बृन्दादेवी आले (राना)को उम्मेदवारी परेको थियो ।राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उपाध्यक्ष पदको निर्वाचन भएको हो ।निर्वाचनमा अध्यक्षबाहेक ५६ जनाले मतदानमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?