विश्वकप छनोटमा अर्जेन्टिनाको जित

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित हात पारेको छ । शुक्रवार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?