विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले कोभिड –१९ रोकथाम र उपचारका लागि आज विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

अरुणोदय पूर्व विद्यार्थी समाजले एभरेष्ट कागज उद्योग र नवोध्या ट्रेडर्सका अध्यक्ष अमनबहादुर खड्काबाट उपलब्ध ती सामग्री हस्तान्तरण गरेको हो ।

वडा नं ९ का अध्यक्ष राजीव थापा, समाजका अध्यक्ष त्रिलोचन पौड्याललगायतले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाललाई ती सामग्री हस्तान्तरण गरे ।

प्रधानाध्यापक नेपालले पूर्वविद्यार्थीको सहयोगलाई गुरुदक्षिणाका रुपमा लिइएको बताएको समाजका सचिव यादव देवकोटाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?