काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
गत वर्ष चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुम पुगिसकेको छ ।
यसैबीच सारा विश्वका एक्सपर्टहरु कोरोना भाइरसको मृत्युदर थाहा पाउनका लागि संघर्ष गरिरहेका छन् ।
हरेक देशमा मृत्युको आँकडा फरक रहेकोले यति नै मृत्यु हुन्छ भनेर भन्न नसकिने बताइएको छ । अहिले संक्रमित भएकाहरुमा मृत्युदरको संख्या ०.५ रहेको बताइएको छ ।
वाशिंगटन यूनिभर्सिटीका डा. क्रिस्टोफर मुर्रेले २० वर्ष भन्दा कम उमेरका मानिसको मृत्युदर १० हजारमा एक रहेको बताएका छन् ।

त्यस्तै ८५ वर्षभन्दा माथिका मानिसहरुमा ६ मा १ जनाको मृत्यु हुने गरेको छ । अहिले ठूलो संख्यामा संक्रमित थपिइरहेकोले मृत्युदर कम भईरहेको छ ।
अमेरिकामा अप्रिलमा ६.६प्रतिशत मृत्युदर थियो । अगस्टमा भने २ प्रतिशत भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया