काठमाडौं । हाथरस सामूहिक बलात्कार केसमा सारा भारत अहिले आन्दोलनमा उत्रिएको छ ।
साथै पुलिसको तर्फबाट चरम लापरवाही भएको भन्दै कांग्रेस महासचिव प्रियंका गान्धीले मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग गरेकी छन् ।
उनले उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक पोस्ट शेयर गर्दै राजीनामाको माग गरेकी हुन् ।

के भएको थियो ?
भारतको हाथरसकी दलित युवतीको साथमा भएको भयानक सामूहिक बलात्कार केसले भारतमा हंगामा मच्चाएको छ ।
हाथरस जिल्लाको चन्दपा थानाको गाउँमा १४ सेप्टेम्बरको बिहान १९ वर्षीय युवतीको साथमा सामूहिक बलात्कार भएको थियो ।
परिवारले बिहान साँढे नौ बजे चार युवकले मिलेर सामूशिक बलात्कार गरेको आरोप लगाएका छन् । तर यसलाई प्रहरीले भने अन्जाम दिएको भन्दै भारतमा व्यापक बिरोध प्रदर्शन भईरहेको छ ।
बलात्कार भएको ९ दिनपछि होशमा आएकी युवतीले आफ्नो बयान दर्ता गरेकी थिइन् । उनलाई पहिला अलीगढमा उपचारको लागि पठाइएको थियो ।
त्यहाँ अवस्था चिन्ताजनक भएपछि फेरि उनको थप उपचारका लागि उनलाई सफदरजंग अस्पताल पठाईयो । तर बिडम्बना, उनको हिजो मृत्यु भयो । पुलिसले अहिले चार आरोपीहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।
मृतक किशोरीलाई सामूहिक बलात्कार गरेर उनको जिब्रो समेत काटिएको अवस्थामा फेला पारिएको थियो । साथै उनको कम्मर पनि तोडिएको थियो ।
यसैबीच प्रहरीले आफन्तको दर्दनाक चित्कारलाई बेवास्ता गर्दै मृतकको शव जलाईदिएको छ । परिवारले अन्तिम संस्कार रोकेपनि उनको प्रहरीले अन्तिम संस्कार गरिदिएको हो । उनलाई आफ्नो रितिरिवाज अनुसार अन्तिम संस्कार गरिएको हो ।
परिवारको मागमाथि बेवास्ता गर्दै २०० जना पुलिसले उनको अन्तिम संस्कार गरिदिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया