कोरोनाबाट निस्कियो नयाँ समस्या : वैज्ञानिक चिन्तित !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले साार विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच कोरोना भाइरसको मेसमा अहिलेसम्म हामीले फोक्सोलाई निशाना बनाईरहेको मात्र सुनेका थियौँ । तर अमेरिकामा यो भाइरुसले मानिसको कपाल झर्न थालेको पत्ता लागेको छ ।

डाक्टरका अनुसार कोरोना भाइरस संक्रमण मुक्त भएकाहरुमा कपाल झर्ने समस्या आउन थालेको पाइएको हो ।

अहिले सर्जरी गरेका वा भावनात्मक रुपमा हैरान बनेका कोरोना संक्रमितहरुको कपाल झर्न थालेको पाइएको हो ।

क्लीवल्याण्ड क्लीनिकमा डर्मेटोोजीको एसोसिएट प्रेफेसर डाक्टर शिल्पी खेत्रपालले तनाव झेलिरहेको धेरै कोरोना संक्रमितको कपाल झर्न थालेको पाइएको बताएकी छन् ।

यस्तो समस्या पछि गरिएको एक सर्वेमा पनि कोरोना संक्रमितको कपाल धेरै झरेको पाइएको छ ।

१ हजार ५६७ जना सम्मिलित सर्वेमा ४२३ जनाको कपला असामान्य रुपमा झरेको पाइएको हो । कुल मध्ये १० प्रतिशतको कपाल झरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?