रियामाथि दोष थुपार्दै रकुल प्रीतले भनिन् : ‘ड्रग्स कनेक्शनमा म संलग्न छैन’ !

काठमाडौं । अहिले बलिउडमा ड्रग्सको केस धेरै नै माथिसम्म पुगिसकेको छ । बलिउडका चर्चित अभिनेत्रीहरु यस केसमा जोडिएका छन् ।

अभिनेत्री रिया चक्रवर्ती, दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान, दीया मिर्जासमेत यस केसमा जोडिएका छन् ।

यसैबीच आज एनसीबीले अभिनेत्री रकुल प्रीतसँग सोधपुछ गरेको थियो । जसमा रकुलले आफूले ड्रग्स लिने नगरेको र ड्रग्स केसमा आफू संलग्न नरहेको बताएकी छन् ।

उनले कोहि पनि ड्रग्स कारोवारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छन् । उनले रियाँसँगको २०१८ को ड्रग्स च्याट भने स्विकारेकी छन् ।

उनले एनसीबीसँग रियाले च्याटमा आफ्नो सामान (वीड) मागेको बताएकी छन् । रियाको ड्रग्स आफ्नो घरमा भएकोले रियाले ड्रग्स मागेको कुरा उनले स्विकारेकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?