लद्दाख नजिकै चीनले तैनाथ गर्यो परमाणु बम्बर र क्रुज मिसाइल !

काठमाडौं । पछिल्लो केहि महिना यता भारत र चीनबीचको सम्बन्ध बिग्रिँदै गईरहेको छ ।

गत जून १५ मा लद्दाखमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको निधन भएको थियो भने पछिल्लो झडप २८ अगस्टमा १ भारतीय सैनिकको ज्यान गएको थियो ।

त्यसपछि चीन र भारतको बीचमा विवाद जारी रहेको छ ।दुबै देशले सीमामा लडाकू विमानदेखि सैन्य शक्ति बढाईरहेका छन् ।

यसैबीच चीनले सीमा निजक बिनाशकारी हतियार सहितको एच -परमाणू बम्बर र क्रुज मिसाइल तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतको सीमा क्षेत्रभन्दा १ हजार १५० टाढा चीनले यी दुबै परमाणु हतियार तैनाथ गरेको हो ।

यो परमाणू बम्बरको तस्वीर ओपन सोर्स इन्टेलिजेन्स एनालिस्ट ड्ट्रेस्फाले जारी गरेको हो । तस्वीरमा बम्बरको केडी-६३ अट्यका क्रूज मिसाइल पनि देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?