काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ८७ हजार ६९१ जनाको मृत्यु भएको छ भने ३ करोड २४ लाख ७ हजार ८९२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ३९ लाख २४ हजार ३६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३ हजार ३३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ७ हजार ५३८ जनाको मृत्यु भएको छ भने ७१ लाख ८५ हजार ४७१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४४ लाख ३७ हजार ५७५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४० हजार ३५८ जना उपचाररत छन् । त्यस्तै १४ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ४०२ जनाको मृत्यु भएको छ भने ८ लाख ९६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ७ लाख ६० हजार ९४१ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ६२९ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १३ हजार ७९५ जनाको मृत्यु भएको छ भने ६ लाख ९३ हजार ४० जनालाई कोरोना संक्रमण भएको छ ।
अमेरिकामा बिहीवार मात्रै ४५ हजार ३५५ जनालाई संक्रमण भएको छ भने ९४२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया