कोरोना संक्रमणको हिसावले उच्च यी ५ देश

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ६ हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७१ लाख ५३ हजार ५ पुगेको छ । हालसम्म ४४ लाख १२ हजार १ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९१ हजार ४ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ३५ हजार ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५७ लाख ६५ हजार ७ सय ४४ पुगेको छ । हालसम्म ४७ लाख ६ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ६२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ४६ लाख २७ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३९ हजार ६५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३९ लाख ९२ हजार ८ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा ब्राजिलमा कोरोनाको कुनैपनि असर देखिएको छैन् ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ९ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५ सय ९५ जनामा कोरोना पुष्टि भएको र १ सय ४९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ११ लाख २८ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख २९ हजार ८ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोलम्बियामा हालसम्म २४ हजार ७ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका ७ लाख ८४ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमितमध्ये ६ लाख ६२ हजार २ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ८ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ८४ हजार १ सय ८० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड २२ लाख ४६ हजार ५ सइ ५७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ३७ लाख ८४ हजार ८ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार १ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?