अमेरिकामा कोरोनाबाट थप ३७२ जनाको ज्यान गयो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ६ हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७१ लाख ५३ हजार ५ पुगेको छ । हालसम्म ४४ लाख १२ हजार १ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ८७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ८३ हजार ९ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड २२ लाख २३ हजार ३ सइ ९४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ३७ लाख ६४ हजार १ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार १ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?