कोरोना संक्रमित पिताको मृत्यु भएपछि छोराले हाले मुद्धा !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच भारतमा एक व्यक्तिले पिताको कोरोना भाइरसका कारण निधन भएपछि होटलले क्वारेन्टाइन गरेको कम्पनीविरुद्ध मुद्धा हालेका छन् ।

यो घटना अस्ट्रेलियाको रहेको छ । उनले सडकमा उभिएर हेर्दा सिँढीमा आफ्ना बुवा ढलेर मृत्यु भएको देखेको बताएका छन् ।

छोराले यो घटना अत्यन्त पीडादायी भएको भन्दै मुद्धा हालेका हुन् ।

अस्ट्रेलियाको भिक्टोरियामा बस्ने ड्रेगन मारकोविक नामका व्यक्तिले आफ्ना ८३ वर्षका पितालाई क्वारेन्टाइनमा राखेर राम्रोसँग हेरचाह नगरेको र सिँढीबाट लडेर उनको मृत्यु भएको भन्दै मुद्धा हालेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?