भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने

न्यूयोर्क । भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिएका छन्।

भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले यशोवर्धनले बुधबार सो कुराको जानकारी दिएका हुन् ।

उनले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले सो सम्बोधनमा भने भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै यो संक्रमणको नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?