काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको निधन भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म उपलब्धि हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्त्मि साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
Biden opposed China & Europe travel ban & strategies that they have was just never-ending lockdowns, we are not locking down, we are actually growing at the rate that we have never experienced before…Our plan will crush the virus, Biden's plan will crush America: US President
— ANI (@ANI) September 23, 2020
यसैबीच अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले कोरोनाविरुद्धको भ्याक्सीन बनाउने दिशामा एक अर्को उपलब्धि हाँसिल गरेको छ ।
कम्पनीले एक स्वयंसेवकमा लगाएको टिका अब नैदानिक परीक्षणको अन्तिम चरणमा पुगेको बताएको छ ।
ह्वाइट हाउसमा आयोजित प्रेस वार्ताको बेला यसबारे जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार जोनसन एण्ड जोनसन कम्पनीले परीक्षणको अन्तिम चरणमा पुगेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया