विद्यार्थी भर्ना एक हप्ताभित्र सक्नू : मन्त्रालय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना अबको एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने व्यहोरा उल्लेख गर्दै यस्तो निर्देशन दिएको हो ।

के छ कार्ययोजनमा ?

-असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्नेछ

-शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्नेछ

-असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ

-निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्नेछ

-विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?