काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
Punched, slapped, kicked & pinned to ground. This is how corona patients are being treated in Gujarat Govt's hospital.
These visuals are from Civil Hospital in Rajkot, hometown & constituency of CM @vijayrupanibjp.
This patient passed away within few hours after the incident. pic.twitter.com/F88mx0JtdR
— Saral Patel (@SaralPatel) September 18, 2020
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच भारतको गुजरातस्थित सिभिल अस्पतालको एक भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
भिडियोमा एक कोरोना संक्रमित व्यक्तिलाई नराम्रोसँग पिटिएको छ ।अस्पतालका स्टाफहरुले उनलाई पिटेको २ दिनपछि उनको मृत्यु भएको थियो ।
मृतकको नाम प्रभाकर भाईदासभाई पाटिल (३८ रहेको छ । उनका भाईले अस्पताललाई उनको मृत्युको जिम्मेवारी ठहर्याएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया