काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
![]()
यसैबीच भारतको एक अस्पतालमा अचम्मित बनाउन ेकस सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक ८७ वर्षीय व्यक्तिको शव बेवारिसे फेला परेको छ ।
उक्त शव अस्पतालमा त्यत्तिकै बेवारिसे रुपमा राखेपछि मुसाले कोतर्न थालेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो ।

यो मर्मस्पर्शी फोटो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।शव अस्पतालमा त्यत्तिकै फालेपछि आफन्तले अस्पतालमाथि लापरवाहीको आरोप लगाएका छन् ।
![]()
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना इन्दौरको यूनिक अस्पतालको हो । विनय नगर ज्यान कोलोनीमा बस्ने एक वृद्ध व्यक्तिको चार दिन पहिला कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

अस्पतालमा आफन्त आउँदा केहि दिन पहिला नै उनको मृत्यु भईसकेको र उनको शवमा मुसाले कोतरीरहेको देखेपछि अस्पतालविरुद्ध लापरवाहीको आरोप परिवारले लगाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया