काठमाडौं । कोरोना भाइसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ७५ हजार ३१० जनाको मृत्यु भएको छ भने ३ करोड १७ लाख ७१ हजार ४११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २ करोड ३३ लाख ८६ हजार ७१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ५ हजार ४७१ जनाको मृत्यु भएको छ भने ७० लाख ९७ हजार ९३७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४३ लाख ४६ हजार ११० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४६ हजार ३५६ जना उपचाररत छन् ।
त्यस्तै १४ हजार ५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ७ लाख ९३ हजार ६०० जनालाई संक्रमण भएको छ भने १५ हजार १९५ जनाको मृत्यु भएको छ ।
त्यस्तै टेक्सासमा ७ लाख ५१ हजार ५७१ जनालाई संक्रमण भएको छ भने १५ हजार ३६१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ६ लाख ८७ हजार ९०९ जनालाई कोरोना संक्रमण भएको छ भने १३ हजार ४२१ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा मंगलवार मात्रै ३५ हजार ६९६ जना संक्रमित थपिएका छन् भने ९६९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया