यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ७२ हजार ३ सय २७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १६ लाख ५६ हजार १० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ३२ लाख ५६ हजार ९ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ४ हजार ९ सय १३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १३ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० लाख ५९ हजार ६ सय ८८ पुगेको छ । हालसम्म ४३ लाख १२ हजार ९ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ११ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८९ हजार ५ सय ७९ पुगेको छ । बितेको २४ घण्टामा ५७ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५६ लाख १७ हजार ६ सय ९९ पुगेको छ । हालसम्म ४५ लाख ५१ हजार ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय १४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५ लाख ६६ हजार १ सय २३ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३७ हजार ४ सय ४५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३८ लाख ८७ हजार १ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ९५ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६ सय ४९ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार २ सय १५ जनामा कोरोना पुष्टि भएको र १ सय ६० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ११ लाख १५ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख १७ हजार ९ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३१ हजार ४ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ७२ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६ लाख २२ हजार ४ सय १८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?