रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगे राजपा नेता राजकिशोर यादव

काठमाडौं, २७ फागुन । वीर अस्पतालमा उपचाररत सांसद रेशम चौधरीलाई राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भेटेका छन् ।आइतबार बिहान वीर अस्पताल पुगेर चौधरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए ।भेटमा चौधरीले भने, ‘तपाईपनि युवा म पनि युवा, यो राजनीतिक रडाई हो । यो लागाईमा तपाईको सहयोग चाँहिन्छ । म पनि संघर्ष गरिरहन्छु ।’ साथै आफ्नो रिहा र सपथ ग्रहण लिन पाउनु पर्ने भन्दै यसमा सहयोग गर्न समेत आग्रह गरेको यादवले जानकारी दिए ।चौधरीको प्रश्नको जवाफमा यादवले आफूहरुले रिहाइ र सपथका लागि सरकारसाग पहल गरिरहेको भन्दै सरकार यसबारे सकारात्मक रहेको बताएका थिए ।राजपाका नेताहरुले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उनको रिहाईका साथै सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।यस्तै उनको स्वास्थ्य अवस्थाबारेसमेत गृहमन्त्रीको ध्यानकर्षण गराइएपछि शनिबारै साँझ कैलाली कारगारबाट काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरिएको थियो ।टीकापुर घटनाकाण्डमा पुर्पक्षका लागि कैलाली कारगारमा रहेका उनी त्यही अनसन बसेपछि उनकबो स्वास्थ्य अवस्थामा समस्या देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?