काठमडौं । सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगलको अनुसन्धान गरिरहेको एनसीबीले एक पछि अर्को खुलासा गरिरहेको छ ।

ड्रग्स केसमा बलिउड अभिनेत्री दीपिका पादुकोणसहित, सारा अली खान, श्रद्धा कपूर, रिया चक्रवर्ती, नम्रता शिरोडकर र रकुल प्रीतपछि अब एक चर्चित अभिनेत्रीको नाम जोडिएको छ ।

उनको नाम रहेको छ दीया मिर्जा । उनलाई एनसीबीले सोधपुछका लागि बोलाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
![]()
४० वर्षकी दीया मंगलवार भएको ड्रग्स कनेक्शनको जाँचमा नाम जोडिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया