अष्ट्रेलियाको तास्मानियामा ९० बढी ह्वेल मरे, उद्धारका लागि टोली परिचालन

काठमाडौं – अष्ट्रेलियाको तास्मानियामा ९० भन्दा बढी ह्वेल मरेका छन् ।

तास्मानियामा अझै ठूलो संख्यामा ह्वेलको मरेको हुनसक्ने अनुमान गरिएको छ। अस्ट्रेलियन उद्धारकर्ताहरुले करिब २७० ह्वेलमध्ये २५ ह्वेललाई बचाउन सफल भएका छन् ।

बिबिसीका अनुसार तास्मानियाको पूर्वी तटीय क्षेत्रमा पाइलट ह्वेलहरु देखिएका थिए।

ह्वेलहरु कसरी त्यहाँसम्म आइपुगे ? भन्ने प्रस्ट हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ह्वेलको उद्धारका लागि ४० जनाको टोली परिचालन गरिएको समाचारमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?