मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

भरतपुर, २७ फागुन – नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ। पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ।निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। राति बाटो बन्द गरेर सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न सुरु गरिएको छ।सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ। पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण सुचारु गर्ने निर्णय गरेको थियो। करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?