काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बदायूँ जिल्लामा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।
सुत्केरी महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।
उक्त दम्पतीका पाँच जना छोरी रहेका छन् । श्रीमानले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन्।
पक्राउ परेका उक्त पुरुषले भने उक्त घटनालाई दुर्घटनाको संज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया